१७ माघ २०८२, शनिबार | January 31, 2026

लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो : सोविता गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ अवाजहरुलाई दमन गरिरहेको आरोप लगाएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले सरकार अत्याधिक शर्तक, असहिष्णु र उदाउँदै गरेको नयाँ अवाजहरुलाई दमन गर्न उद्दत रहेको बताएकी हुन् । उनले सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको पनि दाबी गरेकी छन् ।

अहिलेको सङ्कट सरकार आफैंले निम्त्याएको बताउदै सांसद गौतमले भनिन्(

सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो । उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंत्तिमा उभिन सक्थे, उनीहरुलाई झुठा मुद्दा लगाएर दमन गरिरह्यो ।
सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरुलाई होच्याउने, पत्रकारहरुको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरु कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन् । सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो । सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ, यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ४६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक