२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोनाको संक्रिय संक्रमणमा भारतले बिश्वको दोस्रो स्थान लियो, एकै दिन ८० हजारमा संक्रमण



एजेन्सी । कोरोना माहामारीका कहरमा बिश्व समुदायमा भारतले तेस्रो स्थान ओगटेपनि संक्रिय संक्रमणको आधारमा भने भारत दोस्रो स्थानमा पुगेको छ । पछिल्लो तथ्याँक अनुसार भारतमा अमेरिका पछिको सबै भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमितको संख्यामा भने पहिलो अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ।

कोरोनाले महामारीको रुप लिईरहंदा पछिल्लो २४ घण्टामा भारतमा ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । मंगलवार पुष्टि भएको संक्रमितको संख्या भारतको रेकर्डमा दोस्रो ठूलो रेकर्ड हो। मंगलवार मात्र भारतमा हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

मंगलबार सम्मको रेकर्डमा भारतमा संक्रमितको संख्या ३७ लाख ६२ हजार ६३ पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ।

संक्रमितको संख्या लगातार बढिरहँदा भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेर ८ लाखभन्दा धेरै भएको छ। ११ दिनको अन्तरमा भारतमा १ लाख सक्रिय संक्रमित बढेको तथ्यांकले देखाएको छ ।

सक्रिय संक्रमित र संक्रमणको दर उच्च रहेपनि भारतमा मृत्यु हुनेको अनुपात भने अमेरिका र ब्राजिल भन्दा कम छ । अमेरीकामा १ लाख ८८ हजार ९ सय जनाको तथा ब्राजिलमा १ लाख २२ हजार ६८२ जनाको मृत्यु हुँदा भारतमा भने ६६ हजार ४६० को ज्यान गएको छ । मृत्यु हुनेमा रुस चौथो नम्बरमा छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ०८ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार