६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोनाको संक्रिय संक्रमणमा भारतले बिश्वको दोस्रो स्थान लियो, एकै दिन ८० हजारमा संक्रमण



एजेन्सी । कोरोना माहामारीका कहरमा बिश्व समुदायमा भारतले तेस्रो स्थान ओगटेपनि संक्रिय संक्रमणको आधारमा भने भारत दोस्रो स्थानमा पुगेको छ । पछिल्लो तथ्याँक अनुसार भारतमा अमेरिका पछिको सबै भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमितको संख्यामा भने पहिलो अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ।

कोरोनाले महामारीको रुप लिईरहंदा पछिल्लो २४ घण्टामा भारतमा ८० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । मंगलवार पुष्टि भएको संक्रमितको संख्या भारतको रेकर्डमा दोस्रो ठूलो रेकर्ड हो। मंगलवार मात्र भारतमा हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

मंगलबार सम्मको रेकर्डमा भारतमा संक्रमितको संख्या ३७ लाख ६२ हजार ६३ पुगेको भारतीय अखबार टाइम्स अफ इन्डियाले जनाएको छ।

संक्रमितको संख्या लगातार बढिरहँदा भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेर ८ लाखभन्दा धेरै भएको छ। ११ दिनको अन्तरमा भारतमा १ लाख सक्रिय संक्रमित बढेको तथ्यांकले देखाएको छ ।

सक्रिय संक्रमित र संक्रमणको दर उच्च रहेपनि भारतमा मृत्यु हुनेको अनुपात भने अमेरिका र ब्राजिल भन्दा कम छ । अमेरीकामा १ लाख ८८ हजार ९ सय जनाको तथा ब्राजिलमा १ लाख २२ हजार ६८२ जनाको मृत्यु हुँदा भारतमा भने ६६ हजार ४६० को ज्यान गएको छ । मृत्यु हुनेमा रुस चौथो नम्बरमा छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ०८ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना