१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास



गुल्मी । कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलान्यास गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गरे । सो अवसरमा नगरपालिकाका प्रमुख भुसाल र प्रमुख जिल्ला अधिकारी शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इञ्जिनीयरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको हो ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि चार करोड ५२ लाख नौ हजार छ सयमा सम्झौता गरिएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए ।

विसं २०७६ चैत ४ गते सम्झौता भएको भवन र टावर निर्माणको काम आगामी २०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । कोरोना भाइरस महामारीको नियन्त्रण भए तोकिएको समयमा नै काम सम्पन्न गरिने श्रेष्ठले बताए ।

विसं २०६३ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीको कार्यकालमा रेसुङ्गा विमानस्थल निर्माणको योजना बनाइएको हो । विसं २०७२ देखि विमानस्थल निर्माणको काम नियमित भएको छ ।

पछिल्लो समय मन्त्री ज्ञवालीले विमानस्थल निर्माणको कामलाई विशेष चासोका रुपमा लिएपछि आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको विमानस्थल निर्माण समितिका अध्यक्ष एवम् छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।

पन्थका अनुसार कोभिडको रोकथाम र आफूहरुको सोचअनुसार निर्माण व्यवसायीरुले काम गरे समयमै सम्पन्न हुने छ । विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिग्रहण गर्ने, सम्याउने, पर्खाल लगाउने, बाह्य ढल निर्माणलगायत काम सम्पन्न भएका छन् । यसमा २१ करोड खर्च भएको छ ।

विमानस्थल निर्माणका हिसाबले आर्थिक तथा भौतिक रुपमा अहिलेसम्म ४५ प्रतिशत काम भएको परियारले बताए । त्यसबाहेक धावन मार्ग, टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणको काम पनि समयै सम्पन्न हुने विमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए । -रासस

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ५ : ३८ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि