२ कार्तिक २०८३, सोमबार | October 19, 2026

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित



काठमाडौँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उनले निर्वाह गरेको अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उनलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उनलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहेकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम रहेको बताइन् । उनले अवसर पाएमा गरेर देखाउने सामर्थ्य महिलामा रहेको बताइन् ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गरिन् । उनले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिइन् ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न उनले सुझाइन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ९ : ३६ बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट