२९ चैत्र २०८२, आइतबार | April 12, 2026

डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु



भैरहवा । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी अटो कर्पले आयात गरेको चिनियाँ ब्रान्डको इलेक्ट्रीक भ्यान डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु गरिएको छ ।

नेपाली बजारमा ११ सिट र १४ सिट क्षमताका दुई मोडलका इलेक्ट्रीक प्यासेन्जर भ्यानको त्रिवेणी मोटर कर्पोरेशनले भैरहवाका लागि आधिकारिक विक्रेता किस्मत अटोमोबाईल्समा बुधबारदेखि बिक्री सुरू गरको हो । इलेक्ट्रिक गाडिहरुको डिमाण्ड बढेकोले भैरहवामा पनि बिक्री वितरण सुरु गरेको किस्मत अटोमोबाईल्सका सञ्चालक कल्याण श्रेष्ठले बताए ।

चीनमा बनेको डोङफेङ इभी गाडीको १४ र ११ सिट क्षमतामा उपलब्ध रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए । गाडीको मूल्य क्रमशः ५६ लाख ५० हजार र ४७ लाख रुपैयाँ रहेको उनले बताए ।
बुटवलका लागि आधिकारिक विक्रेता उर्जा ग्रीन अटोमोबाइल्सका सञ्चालक लक्ष्मण अर्यालका अनुसार यो गाडीको ३ सय किलोमिटर रेन्ज छ ।

त्यस्तै गाडीको ब्याट्री र मोटरमा पाँचलाख किलोमिटर र पाँचवर्ष वारेन्टी रहेको अर्यालले जानकारी दिए । विक्री केन्द्रबाट सेल्स, सर्भिस र पार्टसको राम्रो सुविधा प्रदान गरिने किस्मत अटोमोबाईल्सका सेल्स म्यानेजर विशालजंग कुँवरले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ११ : ०० बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्