७ बैशाख २०८३, सोमबार | April 20, 2026

२३ औ तिलोत्तमा गोल्डकप शुरु, हावाहुरीले रोकिएको बाँँकी खेल आईतबार बिहान हुने



बुटवल । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक, यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक तथा प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले आयोजक रुपन्देही ११ माथि १–० गोलको अग्रता लिएको छ । निक्कै प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । लामोसमय मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए । रोकीएको बाँकी खेल भोलि बिहान ८ बजे हुने उनले बताए ।

यसैगरि आईतबार अर्को खेल चर्च ब्याईज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लबका बीचमा हुने छ ।

यसअघि प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले उद्घघाटन गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले नगरभित्र खेलकुद विकास र युवा खेलाडी उत्पादन गर्ने गरि सरकारले खेल क्षेत्रमा लगानी गरेको बताए । नगरभित्र आयोजना गरिने यो प्रतियोगितामा नगरबासीहरुलाई निशुल्क प्रदर्शनको ब्यवस्था हुने जनाउँदै उनले रात्रीकालिन प्रतियोगिता गर्ने समेत प्रतिवद्धता जनाए । उनले खेलकुदमा युवाहरुलाई आकर्षित गर्दै आशावादी बनाउने गर्ने लक्ष्य रहेको बताए । राजधानी बाहिर देशकै उत्कृष्ट गोल्डकपका रुपमा रहेको यो प्रतियोगितालाई थप परिस्कृत गरेर संचालन गर्ने गरि आफु लाग्ने उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङले तिलोत्तमा गोल्डकपलाई थप परिस्कृत रुपमा लैजान आग्रह गरे । रात्रीकालिन प्रतियोगिता आयोजना हुने गरि फ्लड लाईट जडान जरूरी रहेको उल्लेख गरे । यसैगरि फुटबलको स्तरवृद्धि गर्न फुटबल प्रशिक्षकको आयोजनामा जोड दिन समेत उनले आग्रह गरे ।

एन्फाका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले खेल विकासमा सरकारबाट सहयोग अझ बढाउनुपर्ने बताए ।

यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने पुनले जानकारी दिए । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १० : ०८ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन

काठमाडौं-ढाका नियमित उडान गर्ने तयारी

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको

नेपाल-यूएई टी-२० सिरिज आजदेखि, ऐरीको कप्तानीमा पहिलो खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दुई खेलको