७ बैशाख २०८३, सोमबार | April 20, 2026

२३ औँ तिलोत्तमा गोल्डकप : हिजो रोकिएकोसहित आज दुई खेल हुँदै



बुटवल । २३ औँ संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । शनिबार उद्घाटन खेलको पहिलो हाफपछि मौसम प्रतिकुलताका कारण स्थगित खेल पनि आज पुनः हुँदै छ ।

शनिबार स्थगित सशस्त्र प्रहरी बल एपीएफ क्लब र आयोजक रुपन्देही ११ बीच बिहान ८ बजे बाँकी खेल भै सकेको छ भने दिउँसो चर्च ब्याईज युनाईटेड ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंका बिचमा हुँदैछ । शनिबारको खेलमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले रुपन्देही-११ लाई १-० गोलको अग्रता लिएको छ । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा १७ औ मिनेटमा एपीएफका क्याप्टेन हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । रुपन्देही ११ का गोल रक्षक विशाल सुनारलाई बचाउको कुनै अवसरनै नदिई उनले उत्कृष्ट गोल गरेका थिए ।

चार विदेशी खेलाडीसहित मैदानमा उत्रिएको रुपन्देही ११ ले गोल गर्ने उत्कृष्ट अवसरहरुलाई गुमाएको थियो । खेलको ३२ औँ मिनेटमा रुपन्देही ११ का विदेशी खेलाडी लार्वाफ्लोरेनले गरेको उत्कृष्ट प्रहारलाई एपीएफले गोलमा परीक्षण हुन दिएन । यसैगरी ३५ औँ मिनेटमा एपीएफले गोल गर्ने उत्कृष्ट अवसर गुमाएको थियो । ४२ औँ मिनेटमा एपीएफका अनिश महर्जनले गरेको प्रहारलाई रुपन्देहीका खेलाडीले विफल पारिदिए । लगत्तै रुपन्देही ११ ले एपीएफमाथि दबाब बनाउँदै विदेशी खेलाडी वपेयमीले गरेको प्रहार एपीएफका गोल रक्षक विशाल गुरुङले विफल पारिदिए । राम्रो अवसरहरु गुमाएको आयोजक करेन्ट रुपन्देही-११ खेलमा दबाबमा रहेको थियो । दोस्रो हाफ शुरु भएसंगै हावाहुरीका चलेपछि खेल रोकियो । लामोसमय मौसम प्रतिकुल भएपछि खेल स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष लोक पुनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने पुनले जानकारी दिए । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : २२ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन

काठमाडौं-ढाका नियमित उडान गर्ने तयारी

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको

नेपाल-यूएई टी-२० सिरिज आजदेखि, ऐरीको कप्तानीमा पहिलो खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दुई खेलको

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

काठमाडौं । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौं