१२ बैशाख २०८३, शनिबार | April 25, 2026

दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग



काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे। “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उनले भने, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।”

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताए । सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उनले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन्। सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर कथित बजरङ्गी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराइन ।

सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिका १९ वर्षीय मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरिन् ।

सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगबाट नागरिकलाई जोगाउने योजना ल्याउन सरकारसँग आग्रह गरिन । सांसद रेणु चन्दले राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो भनी सरकारसँग प्रश्न गरिन् ।

सांसद विष्णुकुमारी सापकोटाले गुल्मी छत्रकोट रुरु गाउँपालिकाका उखु किसानलाई व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गर्नुका साटो विभिन्न बहानामा किसानलाई दुःख दिने काम भइरहेको भन्दै आपत्ति जनाइन। सांसद कृष्णबहादुर राकोयाले मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको मडेला जोड्ने भेरी नदीमा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्बाटै पुनः लोडसेडिङ हुन्छ भनेर भन्नु गलत भएको बताए । सांसद पूजा चौधरी, बलदेव बोेहरा, सावित्री मल्लले समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : २४ बजे

गैरीगाउँको सुकुमवासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज