१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

डाँफे कप फुटबल : जिल्ला प्रहरी बाँके बिरुद्द न्यू जर्नि बैजनाथको २ गोल



खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको तेस्रो दिन भएको खेलमा न्यू जर्नि युवा क्लब बैजनाथ लालपुर विजयी भएको छ । न्यू जर्निले जिल्ला प्रहरी कार्यालय बाँकेलाई शून्यका विरुद्ध २ गोल गर्दै विजयी भएको हो ।

न्यू जर्नीको तर्फबाट जर्सी नम्बर ९ का मनोज विकले खेल शुरुभएको ४५ र ६२ मिनेटमा गोल गरी टिमलाई विजयी बनाए । सोमबार भएको खेलमा न्यू जर्नी युवा क्लबका खेलाडी मनोज विक म्यान अफ दि म्याच घोषित भए । खेलाडी विकलाई खजुरा एक नम्बर स्थित फायर फूड रेस्टुरेन्टका संचालक इन्द्र बहादुर सोनीले नगद ११०० र समाजसेवी बालवीर थापाले मेडल र ट्रफी प्रदान गरे ।

९ गते देखि सुरु भएको गज बहादुर सिजाली स्मृती नक आउट फुटबल प्रतियोगिताको फाइनल २१ गते हुने प्रचार प्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । खेल संयोजक तिलाकविर सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहने लिल बहादुर थापाले सौजन्य गर्दै आएका छन् ।

खेल प्रतियोगिताले खजुराको व्यापार व्यवसायका साथै यहाँको पहिचान झल्काउने मद्दत गरेको क्लबका वरिष्ठ उपाध्यक्ष नारायण खनालले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीका लागि खजुरा स्थित अनन्त ज्वेलर्स को तर्फबाट पुरस्कार स्वरूप उक्त रकम प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ३३ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा