३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ घोषणा



काठमाडौँ, ११ चैतः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२’को अवसरको सन्दर्भ पारेर ‘५औँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।

समूहले आज पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते फोटो पत्रकारिता अवार्ड आयोजना गर्ने जानकारी गराएको हो । अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ ।

साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद रु २५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिने समूहका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा दैनिक जीवनयापन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।

त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गरिनेछ ।

फोटो पत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका उत्कृष्ट पाँच फोटो पेश गर्नुपर्नेछ । आवेदन फाराम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्ने समूहले जनाएको छ ।

व्यावसायिक फोटो पत्रकारको नेतृत्वदायी संस्थाका रूपमा एनएफपिजे नेपाल, संस्था २०५३ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १० : १२ बजे

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौं । आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि