२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त



काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए। नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए ।

उनले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने तथा बिमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बिमा बोर्डको स्थायी सङ्गठन संरचना स्वीकृतिका लागि पहल गर्ने, स्वास्थ्य बिमाको महत्त्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : ५५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति