४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पामा घटेको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



तानसेन । पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका ४५ वर्षीय कमलप्रसाद भट्टराईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार भट्टराईको आफ्नै घरबाट ३०० मिटर पूर्वतर्फ बारीमा रहेको साँजको घाँस काटिरहेका बेला अचानक रुखबाट खसेर मृत्यु हो ।

प्रनाउ मल्लका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराएलगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा मृत्यु भएको पाइएको छ ।

बिहानै घरबाट घाँस काट्न निस्किएका भट्टराई अबेरसम्म घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण तिमिल्सेनाले जानकारी दिए । अहिले उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै माछा मार्ने क्रममा ढुङ्गाले च्यापिएर तिनाउ गाउँपालिका–५ चर्चरका लालबहादुर रास्कोटीका १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा आज दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्न गएका रास्कोटीलाई ढुङ्गाले च्यापेको थियो ।

प्रहरी चौकी प्रभासबाट खटिएको टोलीले उनको उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकामा उपचारको क्रममा मृत्यु भएको मल्लले बताए । दुई वटै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको