१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

२३ औं तिलोत्तमा गोल्डकप चर्च ब्याईज युनाईटेड फाईनलमा



बुटवल । रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगितामा चर्च ब्याईज युनाईटेड फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा मच्छिन्द्र एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि दावेदारी पेश गरेको हो ।

चर्च ब्याईजले अब उपाधिका लागि विभागिय टिम एपिएफ क्लबसंग शनिबार फाईनल खेल्नेछ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलको पाच मिनेटमा नै मच्छिन्द्र १० खेलाडीमा सिमित भयो । मच्छिन्द्रका रोशन डोङले चर्चका अरमान बिउडोनलाई लडाए । वन भर्सेज वनमा डिबक्स नजिक गोलका लागि अगाडी बढेका अरमानलाई डोङले पछाडीबाट ट्याकल गरेर लडाएपछि रोशन डोङले रातो कार्ड पाउदै मैदान छोडे ।

लगत्तै पाएको फ्रिकिकलाई रिचार्डले दिशा दिन सकेन । खेलको ३६ औ मिनेटमा चर्च ब्याईजका अरमान बिउडोनले गोल गर्दै खाता खोले । प्रवेश कुवरको क्रसमा अरमान बिउडोनले हेडमार्फत जाली चुमाए । खेलको ४२ औं मिनेटमा क्याप्टेन करिमा ओेमिलाजा नुरिनले चर्चका अरमान बिउडोनलाई डिबक्सभित्र लडाए । लगत्तै पाएको पेनाल्टीलाई अरमान बिउडोनले जाली चुमाए । खेलको ४४ औं मिनेटमा राज भुषालको क्रसलाई अरमानले जाली चुमाउदै आफनो ह्याट्रिक पुरा गरे । खेलको ६५ औ मिनेटमा राज भुषालको कर्नरलाई क्याप्टेन फकुने अबयोमीले डिबक्सभित्रबाट आकर्षक गोल गरे ।

खेलको ७० औं मिनेटमा मच्छिन्द्रका फोडा फोफानालाई चर्चका अजित चौधरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई सदुपयोग गर्न सकेन । फोफानाको प्रहारलाई चर्चका गोलकिपर विवस चौधरीले रोकिदिए । लगत्तै दुई मिनेटको फरकमा डिबक्सभित्र पाएको पेनाल्टीमार्फत गोलको अवसरलाई मच्छिन्द्रले गुमायो ।

लक्ष्मण रुचालको पेनाल्टी प्रहार बारमा लागेर बाहिरियो । खेलको ८९ मिनेटमा वन भर्सेज वनमा मच्छिन्द्रका एलेक्स विलियमले चर्चका गोलकिपर अजित चौधरीलाई बिट गर्दै सान्त्वना गोल गरे । खेलमा चर्च ब्याईजका फकुने अबयोमी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ६ : ३९ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको