५ माघ २०८२, सोमबार | January 19, 2026

‘नेवाः समुदाय सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’



काठमाडौँ । नेवाः समुदायले आफुहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ । सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवाः समुदायले उल्लेख गरेको छ ।

नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन् । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको उल्लेख गरेका छन् ।

“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिकरुपमा दमन गरेको सर्वविदितै छ”, काठमाडौँको नेवाः समुदायका अगुवाहरु मल्ल के सुन्दर, हितकर वीर सिंह कंसाकार र प्रा डा नरेशमान बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध नेवाः समुदाय लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित तथा महिला समुदायको सहभागितामा २०६२/६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको विज्ञप्तिमा उल्लेख छ । नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी प्रतिगामी शक्ति चलमलाउन थालेको पाइएकाले त्यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

त्यस्ता गतिविधि नियन्त्रण गर्न र सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय सङ्कल्पलाई पूरा गरी नेवाः लगायत आमजनताका असन्तोषलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार तथा राजनीतिक दलहरूलाई नेवाः समुदायले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : ४३ बजे

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच

प्रतिनिधिसभा निर्वाचनमा लड्न बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यद्वारा राजीनामा

हेटौंडा । बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा