२० मंसिर २०८२, शनिबार | December 7, 2025

डाँफे कप फुटबल : न्यू दर्पण र पशुपति युवा विजयी



खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बिहीबार दुई खेल सम्पन्न भएका छन् । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौंडाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको छैठौं दिन भएको दुई खेलमा न्यु दर्पण युवा स्पोर्ट्स क्लब र श्री पशुपति युवा क्लब विजयी भएका छन् ।

बुधबार न्यु दर्पण र एफसी ब्रदर्स बीच भएको खेलमा केही विवाद भएपछि खेल रोकिएको थियो। उक्त खेल पुन आयोजकले बिहीबार सञ्चालन गरेको थियो । बाँकी खेल्न रहेको समय खेलाउँदा शून्यका विरुद्ध एक गोलको नतिजामा न्यू दर्पण विजयी बनेको हो । खेलको २३ मिनेटमा न्यू दर्पणले गोल गरेको थियो । उक्त खेलको म्यान अफ द म्याच न्यू दर्पणका जर्सी नम्बर २ का खेलाडी हरि बुढा मगर भए ।

त्यस्तै बिहीबार भएको दोस्रो खेलमा न्यू बाग्मती स्पोर्ट्स क्लब बिगाउँलाई श्री पशुपति युवा स्पोर्ट्स क्लब घिया १(० का अन्तरले विजयी बनेको छ । पशुपति युवा क्लबका जर्सी नम्बर ९ का मिलन थारुले खेल सुरु भएको एक मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । निकै प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको उक्त खेलमा पशुपति युवा क्लबका जर्सी नम्बर ८ का खेलाडी सुरेश नेपालीले खेलको ४६ औँ मिनेटमा पहेलो कार्ड प्राप्त गरे ।

खेलको म्यान अफ द म्याच पशुपति युवा स्पोर्ट्स क्लब घियाका जर्सी नम्बर १२ का प्रकाश बुढा घोषित भए । बिहिबार भएको दुवै खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीहरूले नगद ११ सय सहित मेडल ट्रफी प्राप्त गरे।

प्रतियोगितामा १६ वटा टिमले भाग लिएका छन्। प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५ र उपविजेता हुने टिमले ८० हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्राप्त गर्नेछन् । यस्तै दैनिक हुने खेलको म्यान अफ द म्याच घोषित खेलाडीका लागि नेपालगञ्ज स्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फूड रेस्टुरेन्टले पुरस्कार राशि प्रदान गरिरहेको क्लबका वरिष्ठ उपाध्यक्ष नारायण खनालले जानकारी दिए। चैत्र ९ गतेदेखि सुरु भएको दशौं डाँफे कप चैत्र २१ मा सकिनेछ । शुक्रबार नवज्योति युवा क्लब बैजनाथ र जयकिशन स्पोर्ट्स क्लब सैनिकबीच प्रतिस्पर्धा हुने खेल संयोजक तिलकवीर सुनारले जानकारी दिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल