२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा निकालिएको छ ।

अर्घाखाँची मालारानी गाँउपालिका ५ की २२ वर्षीया संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालिएको छ ।

अस्पतालका सर्जन डा। बिष्णु गौतमको नेतृत्वको टिमले गरेको शल्यक्रियाबाट ४ केजी तौलको छोराको जन्म भएको अस्पतालले जनाएको छ ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता समेत रहेका डा। गौतमले जानकारी दिए । कोरोना मुक्त नहुँदासम्म सुत्केरी आमा र नवजात शिशुको अस्पतालमा उपचार गरिने उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघि भिम अस्पतालले रेफर गरेको सिद्धार्थनगर नगरपालिकाकी एक संक्रमित महिलाको पनि सफल शल्यक्रिया भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १२ : ०४ बजे

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन