५ श्रावण २०८३, मंगलबार | July 21, 2026

तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो



काठमाडौं । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ । शुक्रबार दिउँसो ४:२५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।

अवस्था सामान्य रहेकाले कर्फ्यु थप्नुपर्ने अवस्था नरहेकाले हटाइएको उनले बताए । करिब १५ घण्टापछि तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको हो ।

राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको थियो । काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो ।

राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३ प्रहरी, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ घाइते भएका थिए । दुईजनाको मृत्यु भएको थियो ।

सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुगेको थियो । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : २६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं