३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण : द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास



काठमाडौँ । पर्यटन, व्यापार र शिक्षा क्षेत्रमा सहकार्यका साथै बौद्ध संस्कृति एवं परम्पराले निकट बनाएको नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि प्रारम्भ हुने थाइल्याण्डको औपचारिक भ्रमणबाट अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

नेपाल र थाइल्याण्डबीच सरकारी तहमा मात्र नभई जनस्तरमासमेत घनिष्ठ सम्बन्ध छ । थाइल्याण्डमा नेपाली मूलका करिब ८० हजार नागरिकको बसोबासले पनि दुई देशबीचको अनुपम सम्बन्धलाई झल्काउँछ ।

सांस्कृतिक तथा सभ्यताका मूल्यमान्यताले जोडिएको थाइल्याण्डसँगको नेपालको सम्बन्ध आपसी सद्भाव र समझादरीमा आधारित छ । सन् १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो अझ सुमधुर बन्दै गएको छ ।

भगवान् बुद्धका उपदेश र त्यसबाट विकास भएका मूल्य–मान्यता नेपाल र थाइल्याण्डका जनतालाई आपसमा जोड्ने एक प्रमुख कडिका रुपमा रहेका छन् । थाइल्याण्डका जनताका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पवित्र तीर्थस्थल हो । पारस्परिक सम्बन्धलाई धार्मिक रुपमा सबल बनाउन लुम्बिनीमा थाइल्याण्ड सरकारले बौद्ध विहार पनि निर्माण गरेको छ ।

राजा जनक र जनकपुरप्रति थाइ जनताको अगाथ आस्था र श्रद्धा रहेको पाइन्छ । पछिल्लो समय पर्यटन, सामुद्रिक क्षेत्रको अवलोकन, अध्ययन र व्यापारका लागि थाइल्याण्ड जाने नेपालीको सङ्ख्या बढ्दो रहेको व्याङककस्थित नेपाली राजदूत धनबहादुर ओलीले बताए ।

नेपाल र थाइल्याण्डबीचको व्यापारिक आदानप्रदानले पनि दुई देशबीचको सम्बन्धलाई सघन बनाउन सघाएको छ । थाई नागरिकले नेपालको उत्पादन तथा पर्यटन उद्योगमा लगानी गरेका छन् । यद्यपि थाइल्याण्डसँगको हाम्रो व्यापार घाटामा छ । नेपालबाट जडीबुटी, हस्तकलाका सामान, छुर्पी, नेपाली कागज, अल्लोका कपडा निर्यात हुन्छन् भने थाइल्याण्डबाट विद्युतीय उपकरण, मोटरकारलगायत सवारी साधानका सामान, तयारी पोशाक र फलफूल आयत हुँदै आएको छ । थाई नागरिक नेपालको भ्रमणमा पनि आउने गरेका छन् । सन् २०२३ मा २५ हजारभन्दा बढी थाई पर्यटक नेपाल आएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ३ : ४२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र