१९ असार २०८३, शुक्रबार | July 4, 2026

बुटवलमा अन्डर-१४ टी-२० क्रिकेट प्रतियोगिता हुँदै



बुटवल । बुटवलको देवीनगरमा रहेको वेस्टर्न क्रिकेट क्लबले बुटवलमा अन्डर-१४ टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यही चैत्र २२ गतेदेखि बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबले जानकारी गराएको छ ।

विभिन्न १२ वटा समूह सहभागी यस प्रतियोगितामा दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाई समूहको शिर्ष टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले जानकारी दिए । प्रतियोगिता बारे जानकारी गराउन मँगलबा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १४ वर्षमुनिका बालकहरु बीच लिग आधारमा खेलाइने यो प्रतियोगिता सम्भवतः पहिलो भएको दाबी गरे । विद्यालय तहबाटै खेलाडी उत्पादन तथा उनीहरुको प्रतिभा पहिचान र प्रस्फुटनमा यो प्रतियोगिताले सहयोग पुर्याउने अपेक्षा गरिएको अध्यक्ष पाण्डेले बताए । बुटवलको नरैनापुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा ड्युज बलमै खेल हुने जानकारी दिए ।

रुपन्देही जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यले पछिल्लो समय खेलकुद क्षेत्रमा क्रिकेटले उल्लेख्य फड्को मार्दै गएको दाबी गर्दै सानादेखि ठूला प्रतियोगिताहरुले थप टेवा पुर्याउँदै आएको उल्लेख गरे । खेल गतिविधि बढ्दै जाँदा खेलाडीले राम्रो एक्स्पोज पाउनुका साथै आर्थिक रुपमा समेत आत्मनिर्भर बन्ने आधारहरु निर्माण हुँदै जाने बताए ।

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङ, नेपाल कृकेट संघका निवर्तमान कार्यवाहक सचिब प्रसान्त बिक्रम मल्ल, बुटवल कृकेट बिकास समितिका कार्वबाहक अध्यक्ष रोमित बज्राचार्य, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोल्दै क्रिकेटमा नेपालले प्राप्त गर्दै गएको सफलता र यसको आकर्षणका आधारमा राज्यले थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

खेलकुदका विकास लागि भौतिक पूर्वाधारहरुको बिकास तथा खेल गतिविधिलाई बढाउँदै लैजानुपर्नेमा उनीहरुको जोड थियो । स्थानीय स्तरमा खेलाडी उत्पादनका लागि वेस्टन क्रिकेट एकेडेमीले प्रशिक्षण सञ्चलन तथा प्रतियोगिताहरु आयोजना गरेर महत्वपूर्ण भूमिका निभाउँदै आएको उनीहरुले बताए ।

कार्यक्रमका अवसरमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रतोयोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने क्लबका सचिव भुवन अधिकारीले जानकारी दिए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : ०१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०