३ बैशाख २०८३, बिहिबार | April 17, 2026

दशौं डाँफे कप फुटबल : नवज्योति बैजनाथ फाइनलमा



खजुरा । बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बैजनाथ -७ को नवज्योति युवा क्लब फाइनलमा प्रवेश गरेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृतिको अवसरमा सञ्चालन गरिएको दशौँ डाँफे कपको मङ्गलबार सम्पन्न सेमिफाइनल खेलमा खजुरा गाउँपालिका -८ घियाको पशुपति युवा क्लब लाई ०-२ गोल अन्तरले पराजित गर्दै नवज्योतिले जित निकालेको हो ।

खेलको ६६ औँ मिनेटमा नवज्योतिका जर्सी नम्बर ८ का भूपेन्द्र शाहीले पहिलो गोल गरेका थिए । खेलको ७३ औँ मिनेटमा जर्सी नम्बर ७ का सन्दिप सिंहले दोस्रो गोल गरे । भूपेन्द्र र सन्दिपले गरेको गोल नै फाइनलमा पुग्ने नवज्योतिको कडी बन्यो । खेलको दौरानमा रेफ्रीसँग सामान्य विवाद हुँदा नवज्योतिका टिमकोच कृष्णचन्द्र ठकुरी लाई पहेलो कार्ड दिइएको थियो ।

खेलको म्यान अफ द म्याच नवज्योति युवा क्लबका जर्सी नम्बर ७ का खेलाडी सन्दीप सिंहलाई घोषित गरियो । नेपालगञ्ज स्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फूड रेस्टुरेन्टले म्यान अफ द म्याच घोषित हुने सन्दिप सिंहलाई नगद ११ सय साथमा ट्रफी मेडल प्रदान गरे । सेमिफाइनलदेखि म्यान अफ द म्याच र उत्कृष्ट हुने खेलाडि लेलिन ब्राण्डको टिसर्ट साथमा झोला, कप र म्यागेजिन नेपालगञ्ज म्याराथनको तर्फबाट प्रदान गरिएको थियो ।

दशौँ डाँफे कपमा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ भने साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका सचिव बलराम खत्रीले जानकारी दिए । बुधबार हुने दोस्रो सेमिफाइनल खेल आयोजक न्यु डाँफे स्पोर्ट्स क्लब र भिलेज होप राझा डुडुवा बीच अपरान्न ४ बजे हुने खेल संयोजक तिलकवीर सुनारले जनाए ।

बाँके जिल्लामा क्लबस्तरीय खेलमा खजुरामा न्यु डाँफे स्पोर्ट्स क्लब डि गाउँले सर्वाधिक राशि सहितको पुरस्कार राखेर खेल सञ्चालन गर्दै आइरहेको छ । दशौँ संस्करण सम्म सञ्चालन गरिरहेको न्यू डाँफेले अर्को वर्ष गोल्डकप खेल सञ्चालन गर्ने गरी तयारी गरिरहेको खेल संयोजक सुनारले जानकारी दिए । खजुराको मिनि रंगशालामा सञ्चालन भइरहेको दशौं डाँफे कपमा सहभागी हुने टिमहरूले व्यवसायिक खेलाडीहरूलाई प्राथमिकता दिएका छन् । खेललाई व्यावसायिक बनाउन खेलाडीहरुको आर्थिक अवस्थासमेत मजबुत हुनुपर्ने सहभागी टिमहरूको भनाइ छ । प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका छन् । दशौँ डाँफे कप चैत्र ९ गतेदेखि सुरु भई चैत्र २१ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ९ : ५० बजे

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

काठमाडौँ । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका

इन्धनको मूल्यवृद्धिसँगै भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

खजुरा गोल्डकप : एपिएफलाई तिन गोल गर्दै नाइजेरियन जोन क्लब सेमिफाइनलमा

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

रुपन्देहीबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा नक्कली नेपाली नोटको अबैध

कांग्रेस बैठक : कार्की जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, अर्को न्यायिक आयोगको माग

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की