१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

यस वर्षको एसइई सम्पन्न, असार ७ गतेभित्र परीक्षाफल



भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा सम्पन्न भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, “यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए ।”

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । जसमा सबैभन्दा काठमाडौंमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए । जापानको एक परीक्षाकेन्द्रमा २९ जनाले एसइई दिए । साथै काठमाडौंको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले यसवर्ष परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । वि.सं. २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा