७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा



काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले विमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

विमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको विमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको विमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।

अध्यक्ष अवालेले क्रमैसंग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना विमा गरिदिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ८ : ५९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा