२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

करियर प्लानिङमा विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम



बुटवल । करियर प्लानिङ एजुकेशन नेटवर्क प्रालिले आफ्नो कार्यालयबाट उच्च शिक्षाकालागि वैदेशिक यात्रामा जान सफल विद्यार्थीहरुको विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रालिले शुक्रबार बुटवलमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि जापान जान पासआउट भएका ७७ जना विद्यार्थीहरुलाई बिदाई सहित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

प्रालिका संस्थापक गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा ईक्यान रुपन्देहीका संस्थापक देवबहादुर कुँवरले कार्यक्रमको उद्घाटन गर्दै उच्च शिक्षाकालागि जापान जान लागेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए । उनले उच्च शिक्षाकालागि ठुलो युवा जमात बैदेशिक यात्रामा निस्कनु सुखद् विषय नभएको उल्लेख गर्दै दक्ष र क्षमतावान युवालाई स्वदेशमै राख्ने र अडाउने वातावरण सृजना गर्ने राज्यसँग माग गरे ।

प्रालिका संचालक तुल्सी पौडेलको स्वागतमा भएको कार्यक्रममा ई क्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डे, नेपाल पत्रकार महासंघका सहसचिव झविन्द्र देवकोटा, थाइरो ल्याब बुटवलका संचालक दिपु केसी, रमेश लम्साललगायतले उच्च शिक्षाकालागि जापानको यात्रातय गरेका विद्यार्थीलाई शुभकामना तथा बधाई दिदै करियर प्लानिङले विद्यार्थीको साच्चीकै करियर बनाउन सफल भएकोभन्दै प्रशंसा गरे । संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा कलाकारहरु सम्झना रनपाल, लक्ष्मी भुसाल, बविता धिताल, शिल्पा मगरलगायतका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाएका थिए भने प्रालिले पासआउट भएका ७७ जना विद्यार्थीलाई बिदाई एंव सम्मान गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : ४२ बजे

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र