२० मंसिर २०८२, शनिबार | December 6, 2025

नयाँ वर्षमा नवलपुरको होटल पौवामा विशेष सांगीतिक कार्यक्रम र स्वाद उत्सवको आयोजना हुने



नवलपुर । नेपाली चाडपर्वहरूलाई विशेष बनाउँदै आएको नवलपुरको गैडाकोट–१२, हर्कपुरस्थित होटल पौवाले यस वर्षदेखि नेपाली नयाँ वर्षलाई विशेष पर्वको रूपमा मनाउने घोषणा गरेको छ। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा होटलले विशेष सांगीतिक कार्यक्रम तथा स्वाद उत्सव आयोजना गर्ने तयारी गरेको हो।

चैत ३१ गते साँझ हुने सांगीतिक कार्यक्रममा थारु सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात हुनेछ। त्यसपछि चर्चित गायक प्रकाश दुतराज, गायिका दीपिका ब्याम्बु, गायक श्रीधर अधिकारी, र कार्यक्रम सञ्चालक सञ्जय देवकोटा लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ भने होटलका स्वादिला परिकारहरू ५० रुपैयाँदेखि उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

यसै सन्दर्भमा, होटल पौवाको नवौं वार्षिकोत्सवको अवसरमा चैत २५ देखि २९ गतेसम्म ‘स्वाद उत्सव’ आयोजना गरिने जानकारी गराइएको छ। स्वाद उत्सवमा नेपाली मौलिक परिकारहरूको विविधता प्रस्तुत गरिनेछ।

होटल पौवाका नवलपुर शाखाका महाप्रबन्धक निशान खरेलका अनुसार, “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्रसहित स्थापना भएको होटल पौवाले नेपाली हस्पिटालिटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।

स्वाद उत्सव अन्तर्गत होटलका सेफहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई गुणस्तरीय खाना उत्पादनमा प्रेरणा दिइनेछ। पाहुनाहरूको प्रतिक्रिया सेफहरूको अनुभव अभिवृद्धिमा सहयोग पुग्ने विश्वास होटलले लिएको छ।

लुम्बिनीबाट ९ वर्षअघि सुरु भएको होटल पौवाको यात्रा हाल १८ शाखामा विस्तार भइसकेको छ। “अतिथि देवो भवः” को मूल मन्त्र आत्मसात गर्दै सञ्चालित होटल पौवाले नेपाली संस्कार, संस्कृति र आतिथ्यतालाई केन्द्रमा राख्दै देशको पहिचान निर्माणमा योगदान दिँदै आएको छ।

पौवाले हालसम्म ७०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’ को पहिलो चरण सम्पन्न भइसकेको छ भने मुख्य अतिथि आवास भवन निर्माणाधीन अवस्थामा छ। अत्याधुनिक सभा हल र नेपाली रेस्टुरेन्टबाट सेवा सुरू भइसकेको छ।

पौवा हाल सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना गर्न लागिरहेको छ भने पाल्पाको झिगामारामा “पौवा बनवास रिसोर्ट” सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सेवा विस्तारका लागि आफ्नै लगानी, साझेदारी र व्यवस्थापन जिम्मेवारीका तीन मोडेलमार्फत ब्राण्ड सञ्चालन गर्दै आएको होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयआर्जनका नयाँ स्रोत पनि विकास गरिरहेको जनाएको छ।

होटलले आज पत्रकार सम्मेलन गर्दै आगामी योजना र कार्यक्रमबारे जानकारी गराएको हो।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ३१ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको