२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

नयाँ वर्षमा नवलपुरको होटल पौवामा विशेष सांगीतिक कार्यक्रम र स्वाद उत्सवको आयोजना हुने



नवलपुर । नेपाली चाडपर्वहरूलाई विशेष बनाउँदै आएको नवलपुरको गैडाकोट–१२, हर्कपुरस्थित होटल पौवाले यस वर्षदेखि नेपाली नयाँ वर्षलाई विशेष पर्वको रूपमा मनाउने घोषणा गरेको छ। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा होटलले विशेष सांगीतिक कार्यक्रम तथा स्वाद उत्सव आयोजना गर्ने तयारी गरेको हो।

चैत ३१ गते साँझ हुने सांगीतिक कार्यक्रममा थारु सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रमको सुरुवात हुनेछ। त्यसपछि चर्चित गायक प्रकाश दुतराज, गायिका दीपिका ब्याम्बु, गायक श्रीधर अधिकारी, र कार्यक्रम सञ्चालक सञ्जय देवकोटा लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क राखिएको छ भने होटलका स्वादिला परिकारहरू ५० रुपैयाँदेखि उपलब्ध हुने व्यवस्था मिलाइएको छ।

यसै सन्दर्भमा, होटल पौवाको नवौं वार्षिकोत्सवको अवसरमा चैत २५ देखि २९ गतेसम्म ‘स्वाद उत्सव’ आयोजना गरिने जानकारी गराइएको छ। स्वाद उत्सवमा नेपाली मौलिक परिकारहरूको विविधता प्रस्तुत गरिनेछ।

होटल पौवाका नवलपुर शाखाका महाप्रबन्धक निशान खरेलका अनुसार, “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्रसहित स्थापना भएको होटल पौवाले नेपाली हस्पिटालिटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।

स्वाद उत्सव अन्तर्गत होटलका सेफहरूबीच स्वस्थ प्रतिस्पर्धा गराई गुणस्तरीय खाना उत्पादनमा प्रेरणा दिइनेछ। पाहुनाहरूको प्रतिक्रिया सेफहरूको अनुभव अभिवृद्धिमा सहयोग पुग्ने विश्वास होटलले लिएको छ।

लुम्बिनीबाट ९ वर्षअघि सुरु भएको होटल पौवाको यात्रा हाल १८ शाखामा विस्तार भइसकेको छ। “अतिथि देवो भवः” को मूल मन्त्र आत्मसात गर्दै सञ्चालित होटल पौवाले नेपाली संस्कार, संस्कृति र आतिथ्यतालाई केन्द्रमा राख्दै देशको पहिचान निर्माणमा योगदान दिँदै आएको छ।

पौवाले हालसम्म ७०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’ को पहिलो चरण सम्पन्न भइसकेको छ भने मुख्य अतिथि आवास भवन निर्माणाधीन अवस्थामा छ। अत्याधुनिक सभा हल र नेपाली रेस्टुरेन्टबाट सेवा सुरू भइसकेको छ।

पौवा हाल सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना गर्न लागिरहेको छ भने पाल्पाको झिगामारामा “पौवा बनवास रिसोर्ट” सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सेवा विस्तारका लागि आफ्नै लगानी, साझेदारी र व्यवस्थापन जिम्मेवारीका तीन मोडेलमार्फत ब्राण्ड सञ्चालन गर्दै आएको होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आयआर्जनका नयाँ स्रोत पनि विकास गरिरहेको जनाएको छ।

होटलले आज पत्रकार सम्मेलन गर्दै आगामी योजना र कार्यक्रमबारे जानकारी गराएको हो।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  १ : ३१ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र