१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रथम बाँके जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमीलाई



कोहलपुर । प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमी कोहलपुरले हात पारेको छ । नेपालगन्ज पौडी क्लब नेपालगन्जको समन्वयमा आयोजना गरेको प्रथम शिखा जिल्ला स्तरीय पौडी प्रतियोगिताको उपाधि आयोजक शिखा एकेडेमी जितेको हो ।

कोहलपुर–८ पिपरी (नयाँ बस्ती)स्थित शिखा एकेडेमीकोे पौडी पोखरीमा भएको प्रतियोगिताको २९ इभेन्टमा आयोजक शिखाले ६६ अंक ल्याएर उपाधि जितेको होे । नेपालगन्जको स्प्रिङ डेल स्कुुल ४४ अंक ल्याएर दोस्रो र १७ अंक ल्याएर आदर्श माध्यमिक विद्यालय तेस्रो भएको छ ।

प्रतियोगितामा बाँके जिल्लाका १६ वटा विद्यालयको सहभागिता रहे पनि ७ वटा विद्यालयले मात्र स्वर्ण जितेका थिए । प्रतियोगितामा सर्वाधिक ५ वटा स्वर्ण पदकका विजेता सुशान्त बोहोरालाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो । खेलाडी बोहोराले आफूले स्पर्धा गरेका ५ वटै इभेन्टमा स्वर्ण पदक जितेका थिए ।

नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, नेपालगन्ज पौडी क्लबका अध्यक्ष केशव न्यौपाने, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व उपाध्यक्ष नरेन्द्र थापा, विद्यालयका सिइयो डा. राजकुमार सुवेदी, पत्रकार शंकरप्रसाद खनाल, अतिरिक्त क्रियाकलाप संयोजक सूर्यमणि अधिकारीलगायतले विजेता खेलाडीलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

विद्यालयमा फुटसल शिलन्यास
शिखा एकेडेमीले विद्यालय परिसरमै फुटसल बनाउन सुरु गरेको छ । फुटसलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २५ मिटर चौडाइ र ४२ मिटर लम्बाइको फुटसल निर्माण हुनेछ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पौडी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्जय थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलगायतले संयुक्त रुपमा फुटसल भवनको शिलन्यास गरेका हुन् । विद्यालयमा फुटबल मैदान पनि रहेको छ ।

बाँके जिल्लामा सबैभन्दा धेरै क्षेत्रफल ५ बिघामा रहेको विद्यालयमा बास्केटबल, क्रिकेट, फुटबल मैदान रहेको छ । विद्यालयका सिइयो डा. सुवेदीले गुणस्तरीय शिक्षाका लागि दैनिक ४ वटा विषय मात्र पढाउने गरेको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई भार नपर्ने गरी पाठ्यक्रमको शिक्षा दिन्छौं । यसको अलावा विद्यार्थीको रुची अनुसार खेलकुद, गीतसंगीत, नृत्य र पब्लिक स्पिकिङ कला मार्फत उनीहरुको ज्ञान सीप र क्षमता विस्तारको काम गरिरहेका छौं ।’

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ९ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले