२९ चैत्र २०८२, आइतबार | April 12, 2026

ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन



काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकाका विभिन्न क्षेत्रमा प्रदर्शन गरिएको छ । अमेरिकाको ५० राज्यका १२ सय स्थानमा हजारौँ प्रदर्शनकारी भेला भएर ‘ह्यान्ड्स अफ’ प्रदर्शन गरेका हुन् । शनिबार नै बोस्टन, सिकागो, लस एन्जलस न्युयोर्क, वासिङ्टन र अन्य सहरमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा उत्रेकाहरुले ट्रम्पका एजेन्डाले आर्थिक र सामाजिक अवस्था खराब भएको भन्दै प्ले कार्ड बोकेका छन् । ट्रम्पले संसारका सबै देशका सामानमाथि कर लगाउन थालेपछि देश बाहिर पनि उनको विरुद्धमा प्रदर्शन हुन थालेको छ । लन्डन, पेरिस र बर्लिनमा पनि उनको विरुद्धमा प्रदर्शनको तयारी भएको हो ।

बोस्टनमा प्रदर्शन गर्नेले आप्रवासी विद्यार्थीलाई विश्व विद्यालयबाट निकालेको घटनाले सबै भन्दा दुःखी बनाएको बताएका छन् । गत महिना बोस्टन नजिककै टर्फ विश्व विद्यालयबाट मास्क लगाएर आएका सुरक्षाकर्मीले टर्कीका एक विद्यार्थीलाई गिरफ्तार गरेका थिए ।

लन्डनमा मानिसलाई यातना दिन पाइँदैन भन्दै प्ले कार्ड बोकेर प्रदर्शन भएका छन् । ट्रम्पको फेरिएको विदेश नीतिमा आपत्ति जनाउँदै ‘ह्यान्ड्स अफ क्यानडा,’, ‘ह्यान्डस अफ ग्रिनल्यान्ड’ र ‘ह्यान्ड्स अफ युक्रेन’ भन्दै नारा लगाइएको थियो ।

वासिङ्टन डिसीमा उपस्थित प्रदर्शनकारीले डेमोक्र्याट सांसदको धारणा सुन्न चाहेका छन् । प्रदर्शनकारीले बिलिनियर एलन मस्कको सल्लाहमा अमेरिकाले दिँदै आएको सहयोग रकम कटौतीका विरुद्धमा आवाज उठाउने जनाएका छन् । फ्लोरिडाका विधायक म्याक्सवेल फ्रोस्टले बिलिनियर मस्कले अमेरिकाको सरकार कब्जा गरेको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ०६ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज