२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

उत्पादन र आर्थिक समृद्धिमा जोडिन बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेयको आह्वान



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उत्पादन र आर्थिक समृद्धिको अभियानमा जोडिन आह्वान गरेका छन् । स्याङ्जा कारिकोट चण्डीभञ्ज्याङ सम्पर्क समाज रुपन्देहीको सोमबार तिलोत्तमामा आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पाण्डेले सबैलाई उत्पादनमूलक व्यावसाय वा सीप सिकेर रोजगारमा सहभागी भई आर्थिक समृद्धिमा लाग्न आह्वान गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, यातायत लगायत भौतिक तथा मानवीय विकासका लागि पहाडदेखि तराईमा बसाई सर्ने विगतदेखिको प्रवृत्ति रहेपनि अब उत्पादन र रोजगारमा जोडिन आवश्यक रहेको उल्लेख गरे । आफ्नो जन्मस्थल, भूगोल र ईतिहासलाई बिर्सेर कसैले पनि सफलता प्राप्त गर्न नसक्ने बताउँदै उनले पूर्खाहरुको परम्परा, सँस्कृति र पहिचानलाई जोगाउँदै उत्पादन र कुनै न कुनै आर्थिक गतिविधिमा जोडिन आग्रह गरेका हुन् । ठूलो जनसङ्ख्या अवसरको खोजीका लागि पहाडदेखि तराईमा आएर बसोबार गरेको बताउँदै उनले मुलुकको कुनै पनि ठाउँमा रहेपनि भावी सन्ततीका लागि आफ्नो पुर्खा र परम्परालाई जोगाएर राख्नुपर्नेमा जोड दिए ।

नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित आयोजना गरिएको कार्यक्रममा बोल्दै सम्पर्क समाजका अध्यक्ष शालिकराम पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव कोइराला, उपाध्यक्ष इन्द्र पाण्डे, सचीव पिताम्बर शर्मा, सल्लाहकार रुद्रप्रसाद श्रेष्ठ तथा पिडीखोला सम्पर्क समाजका अध्यक्ष उमाकान्त सापकोटाले भौगोलिक रुपमा जहाँ रहेपनि आफ्नो जन्मभूमिप्रति सधै सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा २ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

समाजका सदस्य तथा जेष्ठ नागरिक ८५ वर्षीया ललितादेवी पाण्डे र ८३ वर्षीय दानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा समाजले प्रकाशन गरेको वर्ष २०८२ को क्यालेन्डर समेत विमोचन गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : २६ बजे

जनक शिक्षाको खजुरा छापाखानामा चोरहरुको रजाँई, झ्याल ढोकाको चौकोस समेत चोरियो

खजुरा । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पाठ्यपुस्तक सहज पुर्‍याउन

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र