२४ भदौ २०८३, बुधबार | September 9, 2026

उत्पादन र आर्थिक समृद्धिमा जोडिन बुटवल उपमहानगरका नगर प्रमुख पाण्डेयको आह्वान



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उत्पादन र आर्थिक समृद्धिको अभियानमा जोडिन आह्वान गरेका छन् । स्याङ्जा कारिकोट चण्डीभञ्ज्याङ सम्पर्क समाज रुपन्देहीको सोमबार तिलोत्तमामा आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पाण्डेले सबैलाई उत्पादनमूलक व्यावसाय वा सीप सिकेर रोजगारमा सहभागी भई आर्थिक समृद्धिमा लाग्न आह्वान गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, यातायत लगायत भौतिक तथा मानवीय विकासका लागि पहाडदेखि तराईमा बसाई सर्ने विगतदेखिको प्रवृत्ति रहेपनि अब उत्पादन र रोजगारमा जोडिन आवश्यक रहेको उल्लेख गरे । आफ्नो जन्मस्थल, भूगोल र ईतिहासलाई बिर्सेर कसैले पनि सफलता प्राप्त गर्न नसक्ने बताउँदै उनले पूर्खाहरुको परम्परा, सँस्कृति र पहिचानलाई जोगाउँदै उत्पादन र कुनै न कुनै आर्थिक गतिविधिमा जोडिन आग्रह गरेका हुन् । ठूलो जनसङ्ख्या अवसरको खोजीका लागि पहाडदेखि तराईमा आएर बसोबार गरेको बताउँदै उनले मुलुकको कुनै पनि ठाउँमा रहेपनि भावी सन्ततीका लागि आफ्नो पुर्खा र परम्परालाई जोगाएर राख्नुपर्नेमा जोड दिए ।

नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित आयोजना गरिएको कार्यक्रममा बोल्दै सम्पर्क समाजका अध्यक्ष शालिकराम पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव कोइराला, उपाध्यक्ष इन्द्र पाण्डे, सचीव पिताम्बर शर्मा, सल्लाहकार रुद्रप्रसाद श्रेष्ठ तथा पिडीखोला सम्पर्क समाजका अध्यक्ष उमाकान्त सापकोटाले भौगोलिक रुपमा जहाँ रहेपनि आफ्नो जन्मभूमिप्रति सधै सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा २ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

समाजका सदस्य तथा जेष्ठ नागरिक ८५ वर्षीया ललितादेवी पाण्डे र ८३ वर्षीय दानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा समाजले प्रकाशन गरेको वर्ष २०८२ को क्यालेन्डर समेत विमोचन गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ४ : २६ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००