५ भदौ २०८३, शुक्रबार | August 22, 2026

मापदण्ड विपरीतका सवारी साधन रोकिने



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् ।

मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको आजको छलफलमा उनले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भन्दै गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् ।

यसैगरी निर्माणस्थलहरुमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक बाटो तथा ‘डाइभर्सन’को व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए । काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको जनाउँदै उनले वैकल्पिक सडकका रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरीलगायतका निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताए ।

दाउन्ने सडकमा भइरहेको निर्माणका कारण सवारी साधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको बताए । सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक लगायतको उपस्थिति थियो ।
–––

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : १२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको