२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ



अछाम । जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए ।

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको बताए । वन ऐन, २०७६ अनुसार रु दुई लाखभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फडानी गरिएको छ । चोत्रो (डाँठ, पात, बोक्रा)को प्रतिकिलो रु १० बिगो हुने भएकाले रु ४० हजार जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ । नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १२ : ३० बजे

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय