९ बैशाख २०८३, बुधबार | April 22, 2026

हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित



तानसेन । हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसोदेखिको वर्षा र हुरीबतासले प्रभावित भएको हो ।

बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेका बेला अचानक वर्षा र हुरीबतास चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुति देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारसमेत आफ्नो कला देखाउनबाट वञ्चित भए । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौँ बालबच्चादेखि बूढापाकाबीच भागदौड मच्चिएको थियो ।

वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगन गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए । बुधबार राति नै ठूलो हुरीबतास र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायतमा क्षति पुगेको छ । त्यसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामानसमेत हावाले उडाएको व्यापारीले बताएका छन् । हुरीबतासले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णुुबहादुर कार्कीले बताए । उनका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ ।

तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, घरेलु तथा साना उद्योग पाल्पाकोे सहआयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव चलेको हो । महोत्सवमा ३०० भन्दा बढी स्टल राखिएका छन् ।

कृषि, उत्पादन, लघु तथा घरेलु प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटोमोबाइल, स्वास्थ, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटल तथा रेष्टुरेण्टलगायत स्टल रहेका छन् । महोत्सवको आर्कषणका रूपमा पहिलोपटक फिस टनेल, औद्योगिक वस्तु तथा सेवाहरूको प्रदर्शनी, लघुउद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्वन गर्ने, स्थानीय भाषा, कला सांस्कृति, धार्मिक मूल्य मान्यताको संरक्षण तथा स्थानीय प्रविधि र उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ५ : ०४ बजे

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज