१६ बैशाख २०८३, बुधबार | April 29, 2026

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति



गुल्मी । गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनाका साथै भौतिक संरचनामा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

हावाहुरीले कालीगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ । धुर्कोट गाउँपालिका–४ बर्बोटमा अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ । होटलको छाना उडाउनाका साथै अन्य क्षति गरेको प्रहरीले जनाएको छ ।

गएराति चलेको हावाहुरीले मालिका गाउँपालिका–४ मा रहेको अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छानो उडाएको छ । त्यसैगरी, अर्खबाङमा रहेको अर्खबाङ कृषि तथा पशु सहकारीको छानो पनि उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन भुजेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा एक लाख ५० हजार तथा सहकारीमा एक लाख बराबरको क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो विवरण अहिलेको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै क्षतिको थप विवरण पालिकालाई पठाउन आग्रह गरिएको बताए । राहतका लागि पालिकालाई अनुरोध गरिएको भन्दै उनले अहिले तत्काल प्रशासनबाट कुनै राहतका कार्यक्रम भने नभएको जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ६ : ५८ बजे

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा