१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कर्फ्युकै बीचमा रातो मत्स्येन्द्रनाथको क्षमापूजा सम्पन्न



काठमाडौं । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्न थालिएपछि भएको झडप थप उग्र बन्न नदिन ललितपुर प्रशासनले शुक्रबार बिहानैदेखि कर्फ्यु लगाएको छ ।

तर कर्फ्युकै बीचमा मत्स्येन्द्रनाथको रथ अगाडि क्षमा पूजा गरिएको छ । केही सीमित धार्मिक सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा क्षमा पूजा गरिएको हो ।

यसअघि क्षमापूजा मात्र गरेर रथयात्रा विना देवतालाई बुङमती पुर्‍याउन पाटनका विभिन्न १८ जातीय खलः बीच सहमति भएको थियो ।

जसअनुसार भदौ २१ गते पुल्चोकमा रहेको मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने निर्णय गरिएको छ ।

यस्तै, २२ गते २२ गते भुस्ज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने योजना बनाइएको छ ।

त्यसपछि साइत हेरेर २६ गते मत्स्येन्द्रनाथलाई अहिलेको रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने जनाइएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १ : ५६ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार