५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नयाँवर्षको अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देही शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रूपन्देहीले नयाँ वर्ष वि.सं २०८२ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ ।

शनिबार आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिका-८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सचिव सीता रानामगर, सल्लाहकार जयप्रकाश भट्टराईलगायतले भित्ते पात्रोको विमोचन गरे ।

सोही अवसरमा बोल्दै वडाध्यक्ष पंगेनीले कला संस्कृति राष्ट्रको गहना भएको हुँदा यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लाग्नुपर्ने बताए । कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउन तयार रहेको बताउँदै शुभकामना व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीका अध्यक्ष विजय सापकोटाले संस्थागत विकाससँगै संस्थालाई बलियो बनाउनका लागि सबै कलाकार एकजुट हुनुपर्ने बताए । प्रतिष्ठानले विभिन्न समयमा रचनात्मक कामहरु गर्दै आएको उनले बताए ।

यस्तै कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष डिल्लीनारायण पाण्डे, आजिवन सदस्य तथा प्रदेश सल्लाहकार टंकप्रसाद गैरे, पूर्व अध्यक्ष बिमलराज भट्टराईलगायतले बोल्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे । संस्थाका प्रथम उपाध्यक्ष रितु थापाको स्वागत तथा सचिव विधान कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ३५ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा