१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण



बन्दीपुर । विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । दुई लाख दश हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

उक्त अवधिमा ६० हजार विदेशी पर्यटक र एक लाख ५० हजार स्वदेशी पर्यटक आएका हुन् ।

सचिवालयका अनुसार गत जनवरी १ तारिखदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तरमापन कार्यक्रम गरिएका छन् । प्रशस्त किनमेल गर्ने र लामो समयसम्म पर्यटकलाई नगर क्षेत्रमा नै आकर्षित गर्ने उद्देश्यका साथ अतिथि सत्कारलगायत गतिविधि गुणस्तरीय बनाइएको छ । पर्यटकीय गन्तव्य र उपजहरुको विस्तार, पर्यटकीय सेवासुविधा वृद्धिमा जोड दिइएको छ ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, संयुक्त अधिराज्य, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ४४ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री