२९ चैत्र २०८२, आइतबार | April 12, 2026

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १८८ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको राजस्थानले ५ बलमा नै दुई विकेट गुमाएर ११ रन मात्र जोड्न सक्यो । मिचेल स्टार्कले पहिलो बल डट फ्याकेपछि राजस्थानका सिम्रन हटमायरले दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा उनले १ रन जोडेका थिए । त्यसपछि रियान परागले नोबलमा चौका प्रहार गरे । त्यसपछिको बलमा पराग रन आउट भए । अर्को बलमा यशस्वी जयसवाल दोस्रो रन लिने प्रयासमा आउट हुँदा सुपर ओभरमा राजस्थानले मात्र १२ रनको लक्ष्य दिएको थियो ।

दिल्लीको सुपर ओभरको जवाफी ब्याटिङमा राजस्थानका सन्दीप शर्माले बलिङ गरे । सुपर ओभरको सुरुवात गरेका दिल्लीका लोकेश राहुलले पहिलो बलमा २, दोस्रोमा चार तथा तेस्रो बलमा १ रन जोडे । त्यसपछि ट्रिस्टीयन स्टब्सले छक्का प्रहार गर्दै जित निश्चित गरे ।

यसअघि १८९ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि यसस्वी जयसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । कप्तान सामसनले १९ बलमा ३१ रन प्रहार गरेपछि रिटायर्ड भए । त्यसपछि राजस्थानको रनको गति रोकिएको थियो । जयसवालले ३७ बलमा ५१ तथा नितिस रानाले २८ बलमा ५१ रन जोडे । ध्रुव जुरेलले रन आउट हुनु अघि १७ बलमा २६ रन जोडे ।

यसअघि टस हारेर टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १८८ रन जोडेको थियो । दिल्लीका लागि अभिषेक पोरलेले ४९ रन प्रहार गरे । सुरुमा धिमा गतिमा खेलेको दिल्लीका लागि उत्कृष्ट फिनिसिङ गर्ने क्रममा कप्तान अक्षर पटेलले १४ बलमा ३४ रन जोडे । बलिङमा समेत उनले तीन ओभरमा २३ रन खर्चेर एक विकेट लिए । जितपछि दिल्ली १० अङ्क लिएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान चार अंक सहित आठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ४९ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय