२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : हैदरावादलाई मुम्बईले ४ विकेटले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले हराउँदै विजयी यात्रालाई निरन्तरता दिएको हो ।

सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बई ले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे। तिलक बर्मा २१ रनमा अविजित रहे ।

मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

यस अघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो ।
उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।

मुम्बईका विल ज्याक्सले दुई तथा जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पाण्डेले एक एक विकेट लिए । जितपछि मुम्बई ६ अङ्क सहित सातौँ स्थानमा उक्लिएको छ । हैदरावाद ४ अङ्क सहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : ३० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय