१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली



नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन हम्मेहम्मे परेको छ। स्थान–स्थानमा सवारी जाम भएपछि यात्रुहरू घण्टौँसम्म बाटोमै अलपत्र परेका छन्।

चिप्ला र उकालो बाटाहरूमा ट्रक, बसजस्ता ठूला सवारी चिप्लो सडकका र ठाउँ ठाउँमा सडक बिग्रे पछि सवारी साधनको लामो लाइन लाग्ने गरेको छ। सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायले ध्यान नदिँदा यात्रुहरूले दैनिक दुःख झेल्नु परेको छ ।

कतिपय स्थानमा सवारी फसेका छन् भने कतै सडक भासिएको छ।

बुटवलबाट बिहीबार दिउँसो १ बजे काठमाडौंतर्फ प्रस्थान गरेको एक यात्रुबाहक बसका चालक हरी खतिवडा अनुसार, उनी दुम्कीबास पुग्दा शुक्रबार बिहानको ५ बजिसकेको थियो। सामान्य अवस्थामा २ घण्टाभित्र पुगिने यो दुरी पूरा गर्न १६ घण्टा लाग्नु अत्यन्तै दुःखद रहेको उनी बताउँछन्।

चालक हरी खतिवडा भन्छन्, “सडक एकदमै चिप्लो छ, ट्रक र बसहरू फसिहाल्छन्। एउटा गाडी फस्यो भने घण्टौँसम्म जाम खुल्दैन।” उनका अनुसार नालाको आसपास, दुम्कीबास र दाउन्ने क्षेत्रका चिप्ला मोडहरूमा सवारी साधनहरू पटक–पटक फस्ने गरेका छन्।

जामका कारण यस्तो अवस्था हुँदा सवारी साधनहरू जाममा अल्झिएर यात्रुहरूलाई रातभर बसभित्रै बस्नुपरेको छ। न त खानपिनको व्यवस्था हुन्छ, न त शौचालयको। वृद्ध, महिला र बालबालिका झनै पीडित बनेको उनले बताए ।

यात्रुहरू रातभर दाउन्ने बाटोमै अलपत्र परेका छन्। लामो समयदेखि सडक विस्तार र मर्मतको काम भइरहे पनि यातायात व्यवस्था सुधार नहुँदा यात्रुहरू यस्तो कठिनाइमा पर्न बाध्य भएका हुन्।

साँझ ५ बजे बर्दघाटबाट छुटेको गाडी राति २ बजेसम्म पनि दुम्किबास नपुगेको गुनासो यात्रु नवीन गुरुङले बताए उनले भने ‘साँझ ५ बजे चढेको गाडी राति २ बजेसम्म पनि दुम्किबास पुग्न सकिएन, बाटोमै फसियो’, उनले गुनासो पोख्दै भने, ‘खाना छैन, बच्चा रोइरहेका छन्, महिला, बुढाबुढीको त झन बेहाल छ।’

यो अवस्था कुनै एक दिनको मात्र होइन, यात्रुहरूका अनुसार प्रायः बेलुका र रातिको समयमा यस्तो समस्या आउने गरेको छ। गाडी चलाउनेहरुले भने सडकको हालत यस्तो हुँदा आफूहरू पनि मर्कामा पर्ने गरेको बताउँछन् । एक चालकले भने, “धूलो, खाल्डाखुल्डी र ट्राफिक जामको समस्या जताततै छ।”

विशेषगरी वर्षायाम सुरु नहुँदै यस्तो अवस्था देखिनु गम्भीर विषय हो। स्थानीय प्रशासनले सडक निर्माणका कामहरू तिब्र पार्ने र वैकल्पिक व्यवस्थाको तयारी गर्ने भने पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा यात्रुहरू मारमा परिरहेका छन्।

कैलालीबाट शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं हिँडेका जयबहादुर चन्दको पीडा पनि उस्तै छ। शिक्षक आान्दोलन सफल बनाउने सपना बोकेर निक्लिएको यात्रामा उनले संघर्षकै अनुभूति गरे।

उनले भने बर्दघाटमा जामले बाटो रोकेपछि उनले बिहानै ५ बजे बाटो समातेको बताए मोटर बाटो बन्द भएपछि बर्दघाट बाट १४ किलोमिटर लामो बाटो पैदलै हिँडेर ११ बजे दुम्कीबास आईपुगेको बताए ।

सवारी साधन सुस्त गतिमा संचालनमा आएपनि जामका कारण समस्या बढेको छ । नवलपुरमा लगातार वर्षापछि सडक चिप्लो हुँदा यातायातमा समस्या देखिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख यादव ढकाले वर्षाका कारण सडक चिप्लो बनेको र त्यसले गर्दा सवारी साधनहरू अघि बढ्न नसकेर लामो जाम सिर्जना भएको बताए ।

प्रमुख ढकाका अनुसार, “सडक चिप्लो भएको छ। जसका कारण सवारी साधनहरू सञ्चालनमा समस्या आएको छ। हामीले प्रहरी परिचालन गरेर यातायातलाई सहज रूपमा सुचारु गर्ने प्रयास गरिरहेका छौं।”

यातायात हाल सुचारु भए पनि लामो लाइनमा अड्किएको सवारीका कारण यात्रुहरू समस्यामा परेका छन्। चिप्लो सडकका कारण दुर्घटनाको जोखिम पनि बढेको भन्दै प्रहरीले सवारी चालकहरूलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : २३ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन