३ श्रावण २०८३, आइतबार | July 19, 2026

विराटनगर एमालेमा ओली पक्ष पराजित



विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा पराजित भएको छ ।

गएराति सम्पन्न निर्वाचनमा ओली पक्षधरका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।

सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत सीमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो ।

सदस्यहरु सर्वसम्मत निर्वाचित भए पनि अधिवेशनमा ओली पक्षधर संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित हुन नसकेको बिराटनगर एमालेका एक नेताले बताए ।

जसअनुसार उपाध्यक्षमा ढकाल पक्षका सुरज न्यौपाने १४५ मतका साथ विजयी हुदाँ ओली पक्षधर राम पोखरेल भने १३६ मतमा सिमित भएका थिए भने सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा ओली पक्षधरका नवराज काफ्ले भने १०४ मा सिमित भएका थिए ।

उता, ओली पक्षधरका उपसचिव उम्मेदवार चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर अर्थात १७८ मतका साथ हमिद आजाद बिजयी भएका थिए । साथै, ओली पक्षधरका कला डाँगी १११ मतमा मात्रै पाउँदै संस्थापन इत्तरका हिमा मैनाली पोखरेल १६९ मत ल्याएर बिजयी भइन् ।

सदस्य भने सर्वसम्मत रूपमा चयन गरिएको थियो । यसअघि मोरङ जिल्ला कमिटीमा पनि ओली पक्षका उम्मेदवार पराजित गर्दै ढकाल समुहले बर्चश्व मारेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ४१ बजे

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य