७ पुस २०८२, सोमबार | December 22, 2025

विराटनगर एमालेमा ओली पक्ष पराजित



विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा पराजित भएको छ ।

गएराति सम्पन्न निर्वाचनमा ओली पक्षधरका उम्मेदवार रोहित कोइरालालाई पराजित गर्दै बलराम गिरी नवीनको प्यानल नै विजयी भएको हो ।

सो निर्वाचनमा १७३ मतका साथ संस्थापन इत्तरका गिरी १७३ मतका साथ अध्यक्षमा विजयी भएका हुन भने उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत सीमित भएका छन् । गिरीलाई संस्थापन इत्तरका विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो ।

सदस्यहरु सर्वसम्मत निर्वाचित भए पनि अधिवेशनमा ओली पक्षधर संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित हुन नसकेको बिराटनगर एमालेका एक नेताले बताए ।

जसअनुसार उपाध्यक्षमा ढकाल पक्षका सुरज न्यौपाने १४५ मतका साथ विजयी हुदाँ ओली पक्षधर राम पोखरेल भने १३६ मतमा सिमित भएका थिए भने सचिवमा विज्ञान चापागाईंले १८३ मत ल्याउँदा ओली पक्षधरका नवराज काफ्ले भने १०४ मा सिमित भएका थिए ।

उता, ओली पक्षधरका उपसचिव उम्मेदवार चन्द्र शेखर विश्वासले ९८ मत ल्याउँदा झन्डै दोब्बर अर्थात १७८ मतका साथ हमिद आजाद बिजयी भएका थिए । साथै, ओली पक्षधरका कला डाँगी १११ मतमा मात्रै पाउँदै संस्थापन इत्तरका हिमा मैनाली पोखरेल १६९ मत ल्याएर बिजयी भइन् ।

सदस्य भने सर्वसम्मत रूपमा चयन गरिएको थियो । यसअघि मोरङ जिल्ला कमिटीमा पनि ओली पक्षका उम्मेदवार पराजित गर्दै ढकाल समुहले बर्चश्व मारेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ४१ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका