भरतपुर, ५ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन्।
पुलचोक– गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन्।
‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो उनले भनिन त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेका कारण यो सडक सफल रूपमा सम्पन्न भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले भरतपुरको ‘डेभलोपमेन्ट आइकन’ ६ लेनको सडक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएकी हुन् ।
सो नमुना सडकको आज उद्घाटन गरिएको छ।


















प्रतिक्रिया