२४ भदौ २०८३, बुधबार | September 9, 2026

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’



नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै जरुरी रहेको सरोकारवालाले बताएका छन् । लुम्विनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजनामा बाँकेमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुलाई हेमोग्लोविनोप्याथी (सिकलसेल, बिटाथालेसिमिया) रोग सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरुले सिकनसेल बाहक र बिरामीका बीच बैबाहिक सम्बन्धको ज्ञान नहुँदा सिकनसेल बाहक र बिरामीको संख्या थपिँदै गएको बताए ।

कार्यक्रममा प्रस्तुतिकरण दिँदै भेरी अस्पताल नेपालगन्ज विज्ञ चिकित्सक अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले हेमोग्लोविनोप्याथी सम्वन्धी जनचेतना फैलाउने जिम्मेवारी स्थानीयतहले पुरा गर्नु पर्ने बताए । उनले संघ र प्रदेशले उपचारको गुणस्तरियता र उपकरणको बन्दोबस्त गर्ने र स्थानीयतहबाट जनचेतनामुलक कार्यक्रम हुन सके सिकनसेलको न्युनिकरण गर्न सकिने बताए ।

हेमोग्लोविनोप्याथी सम्वन्धी स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र धारणा अभिवृद्धि गरि सेवा प्रवाहमा सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बताए । अभिमुखीकरण कार्यक्रमले हेमोग्लोविनोप्याथी सम्वन्धी जनचेतना बढाई यसको रोकथाम र व्यवस्थापनमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहजता प्रदान गर्ने उनको भनाइ थियो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. निराजन सुवेदीले हेमोग्लोविनोप्याथी सम्वन्धी रोग अहिले भयावह बन्दै गएकाले यसको पहिचान र रोकथाममा जोड दिन आवश्यक रहेको बताए ।

सिकलसेल एनिमिया, थालेसिमिया जस्ता रोगको प्रभाव बाँकेसहित आसपासका जिल्लाहरुमा बढी रहेको छ । उनले हेमोग्लोविनोप्याथी रोगको उपचारका लागि भेरी अस्पतालले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

भेरी अस्पतालको तथ्याङ्कमा बाँकेमा मात्र ३०० बढी नागरिकमा हेमोग्लोविनोप्याथी रोगको संक्रमण रहेको छ । भेरी अस्पतालको रेकर्ड अनुसार ५दाङ देखि बन्चनपुर सम्मका ५ हजार बढीमा हेमोग्लोविनोप्याथी रोगको लक्षण देखिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । सामान्यतया थारु समुदायमा यो रोग लाग्ने भनिएपनि नवलपरासी पश्चिम क्षेत्रमा थारु बाहेकका समुदायमा पनि हेमोग्लोविनोप्याथी रोगको संक्रमण पुष्टी भएको उनले बताए ।

कार्यक्रममा भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पालिका अस्पतालहरुका चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : २६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको