६ श्रावण २०८३, बुधबार | July 22, 2026

भेरी अस्पतालमा सिकनसेल एनिमियाको छुट्टै वार्ड स्थापना गरिने



काठमाडौं । नेपालगन्ज स्थित भेरी अस्पतालमा सिकलसेल एनिमियाको उपचारका लागि छुट्टै वार्ड स्थापना गरिने भएको छ । पश्चिम तराइका थारु समुदायमा बंशाणुगत स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णयबाट थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि छुट्टै वार्ड स्थापना गर्ने निर्णय भएको हो ।

थारु समुदायका धेरै व्यक्तिमा समस्या देखिएपनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको थिएन । मन्त्रीस्तरीय निर्णयबाट भेरी अस्पताल नेपालगन्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापना हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा छुट्टै वार्ड स्थापनाको निर्णय गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडामा थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमियाबाट यो समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको उल्लेख छ ।

पश्चिम तराइको बाँके, बर्दिया, कैलाली कञ्चनपुरलगायतका भू—भागमा बसोबास गर्ने थारु समुदायका नागरिकहरु सिकलसेल एनिमियाबाट बढी प्रभावित पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका बमोजिम सिकलसेल एनिमियाका बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिको लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ६ : ३४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज