२० मंसिर २०८२, शनिबार | December 6, 2025

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा



रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको उच्चस्तरीय वार्ता शनिबार इटालीको राजधानी रोममा सुरु हुँदैछ । एक साताअघि मस्कटमा सम्पन्न पहिलो चरणको संवादलाई दुवै पक्षले सकारात्मक र रचनात्मक भएको बताएका थिए ।

ईरानी परराष्ट्रमन्त्री अब्बास अराघ्ची शनिबार बिहान रोम पुग्नुभएको छ । उहाँ अमेरिकी मध्यपूर्वका विशेष दूत श्री स्टीव विटकोफसँग वार्तामा सहभागी हुनुभएको हो। वार्ता ओमानको मध्यस्थतामा सञ्चालन भइरहेको छ ।

सन् २०१८ मा अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि यो पहिलोपटक यति उच्चस्तरमा संवाद भइरहेको हो । सम्झौता अनुसार ईरानले आणविक कार्यक्रममा केही सीमाहरू स्वीकृत गरेको थियो, जसको सट्टामा उसमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएका थिए ।

ईरानले बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र भएको स्पष्ट पार्दै आएको छ । अमेरिकासहित केही पश्चिमी राष्ट्रहरूले ईरान आणविक हतियार बनाउन सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

अराघ्चीले पहिलो चरणको वार्तामा अमेरिकी पक्षबाट केही गम्भीरता देखिएको बताउनुभयो, यद्यपि उनले अमेरिकाको उद्देश्यप्रति अझै केही आशंका रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षण संस्था (आएइए)का महानिर्देशक श्री राफाएल ग्रोसीले हालैको एक अन्तर्वार्तामा अमेरिका र ईरान ‘एक अत्यन्तै संवेदनशील मोड’ मा पुगेको बताए ।

ईरानले स्पष्ट रूपमा वार्ता केवल आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा सीमित हुनुपर्ने बताएका छन् । ईरानी अधिकारीहरूले युरेनियम प्रशोधनको अधिकारलाई ‘असम्झौतायोग्य’ भनेका छन् र मिसाइल कार्यक्रम वा अन्य सुरक्षा मामिलामा कुनै पनि छलफल नगर्ने अडान दोहोर्याएका छन् ।

दुवै पक्षबीचको यो वार्ता क्षेत्रीय शान्ति, स्थायित्व र अन्तर्राष्ट्रिय विश्वास निर्माणका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : ३६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय