६ श्रावण २०८३, बुधबार | July 22, 2026

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा



रोम । ईरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको उच्चस्तरीय वार्ता शनिबार इटालीको राजधानी रोममा सुरु हुँदैछ । एक साताअघि मस्कटमा सम्पन्न पहिलो चरणको संवादलाई दुवै पक्षले सकारात्मक र रचनात्मक भएको बताएका थिए ।

ईरानी परराष्ट्रमन्त्री अब्बास अराघ्ची शनिबार बिहान रोम पुग्नुभएको छ । उहाँ अमेरिकी मध्यपूर्वका विशेष दूत श्री स्टीव विटकोफसँग वार्तामा सहभागी हुनुभएको हो। वार्ता ओमानको मध्यस्थतामा सञ्चालन भइरहेको छ ।

सन् २०१८ मा अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि यो पहिलोपटक यति उच्चस्तरमा संवाद भइरहेको हो । सम्झौता अनुसार ईरानले आणविक कार्यक्रममा केही सीमाहरू स्वीकृत गरेको थियो, जसको सट्टामा उसमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएका थिए ।

ईरानले बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र भएको स्पष्ट पार्दै आएको छ । अमेरिकासहित केही पश्चिमी राष्ट्रहरूले ईरान आणविक हतियार बनाउन सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

अराघ्चीले पहिलो चरणको वार्तामा अमेरिकी पक्षबाट केही गम्भीरता देखिएको बताउनुभयो, यद्यपि उनले अमेरिकाको उद्देश्यप्रति अझै केही आशंका रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षण संस्था (आएइए)का महानिर्देशक श्री राफाएल ग्रोसीले हालैको एक अन्तर्वार्तामा अमेरिका र ईरान ‘एक अत्यन्तै संवेदनशील मोड’ मा पुगेको बताए ।

ईरानले स्पष्ट रूपमा वार्ता केवल आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा सीमित हुनुपर्ने बताएका छन् । ईरानी अधिकारीहरूले युरेनियम प्रशोधनको अधिकारलाई ‘असम्झौतायोग्य’ भनेका छन् र मिसाइल कार्यक्रम वा अन्य सुरक्षा मामिलामा कुनै पनि छलफल नगर्ने अडान दोहोर्याएका छन् ।

दुवै पक्षबीचको यो वार्ता क्षेत्रीय शान्ति, स्थायित्व र अन्तर्राष्ट्रिय विश्वास निर्माणका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : ३६ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज