२२ असार २०८३, सोमबार | July 6, 2026

१० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिता सुरु



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १०औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरेका छन ।

इन्डो नेपाल क्लब च्याम्पियनसिप-२०८२ अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेल पर्यटनको विकासप्रति खुशी व्यक्त गर्दै खेलकुदलाई पर्यटनसँग जोड्न जरुरी रहेको धारणा राखे ।

`खेल हेर्नका लागि विदेशी पर्यटकलाई धेरै दिन राख्न सकिने अवस्था छ´ उनले भने-´ `प्रदेश सरकारले खेल पर्यटनको विकासका लागि ध्यान दिनेछ ।´

उहाँले खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको पनि स्पष्ट पारे । सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति सरकारले लिएको जानकारी उनले दिए ।

प्रदेशमा भलिबल खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न मणिमुकुन्द भलिबल क्लब सफल भएकोमा पनि उनले खुशी व्यक्त गरे ।

वैशाख ६ गते आजदेखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । याे प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत र इरानका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा ३ विभागीय र एक भारतीय टोलीसहित ९ वटा क्लब सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीहरूमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम खेलकुद परिषद् र भारत गुजरातको साग भलिबल एकेडेमी रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका अन्य ८ विधामा पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

बेष्ट प्लेयरलाई १५ हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्रदान गरिनेछ । बेष्ट सटर र बेष्ट ब्लकरलाई पनि १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ८ : ३८ बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी