१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा आगलागी, चारजनाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ ।

ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको बोलेरो जिपमा बिहान ४ः५० बजेतिर आगलागी भएको पत्रकार वसन्त लिम्बूले जानकारी दिए । उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

‘बिजुलीको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ । घटनास्थलमा चार जनाको मृत्यु भएको छ । अरू दुई जना घाइतेलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थल फुङ्लिङ नगरपालिका-१० तेर्सैमा पर्छ,’ लिम्बूले भने ।

लिम्बूका अनुसार घटनामा परेर जिप चालक फुङलिङ घर भएका गाडी चालक ४५ वर्षीय दुर्गा भट्टराईसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो । ‘तीर्थयात्री भने ललितपुरबाट पाथीभरा दर्शनका लागि आएको जानकारी छ,’ लिम्बूले भने ।

प्रहरीका अनुसार आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएको र उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले घटनामा सविनकी छोरी १६ वर्षीय आध्या आचार्य, उनका मावलीतर्फका हजुरबुवा झापा भद्रपुर-१५ का ७० वर्षीय विनोद पौडेल, मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका-१० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको इन्स्पेक्टर बस्नेतले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ९ : १९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन