१९ असार २०८३, शुक्रबार | July 4, 2026

अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रनलाई



बुटवल । बुटवलमा सम्पन्न अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले चुमेको छ । सोमबार भएको फाईनल खेलमा देवदह क्रिकेट युनिटलाई १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि चुमेको हो ।

उपाधिसंगै वेष्ट्रन नगद ४१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता देवदह भने नगद २१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

नरेश्वर खेल मैदानमा भएको फाईनलमा टस जितेर ब्याटिङ रोजेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि केशव रायमाझीले २० बलमा १५ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न प्रिन्स शर्माले ४ तथा रोहित कुवरले ३ विकेट लिए ।

झिनो लक्ष्य पछ्याएको देवदह भने १६.४ ओभरमा ४१ रनमा समेटियो । देवदहका रोजन काफलेले ३३ बलमा १५ रनको नटआउट तथा सुसान्त बिक बिकले १५ बलमा १५ रन जोडपनि जितका लागि पर्याप्त भएन ।

वेष्ट्रनको जितमा सुप्रिम कंडेलले ४ तथा निश्चल पौडेलले ३ बिकेट लिए । खेलमा सुप्रिम कंडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यान देवदहका रोहित कुवर, बेष्ट्रनका सम्राट पोखरेल उत्कृष्ट बलर, गार्गीका अनमोल पुन सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए । वेष्ट्रनका सुप्रिम कंडेल म्यान अफ ली सिरिज घोषित हुदै नगद ५ हजार, ट्रफीबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं.११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल मोबाईल संघका केन्द्रीय सदस्य विष्णु ज्ञवाली, नेपाल फर्निचर तथा फर्निसिङ संघ लुम्बिनी प्रदेशका अध्यक्ष सुरेन्द्र ज्ञवाली, बुटवल उपमहानगरपालिका युवा खेलकुद शाखा प्रमुख कोपिला ज्ञवालीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेको क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ५४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०