२२ भदौ २०८३, सोमबार | September 7, 2026

सरकारको लकडाउन र निषेधाज्ञाले रोकेन मानव बेचबिखन



नेपालगञ्ज । सरकारले सिमानाका बन्द रहेको घोषणा गरेपनि सिमावर्ती क्षेत्रबाट मानव बेचबिखन कार्य नरोकिएको तथ्यांक सार्वजानिक भएको छ । कारोना महामारीले जनजिवन थप्प भएको अवस्थामा पनि बाँकेमा १७ जना युवती हराएका छन् ।

संक्रामक ऐन बमोजिम लकडाउनको घोषणा गर्दै एक जिल्लाबाट अर्को जिल्लामा समेत सार्वजानिक सवारी निषेध गरिएका बेला बाँकेबाट १७ जना युवती हराएको तथ्याँक सार्वजानिक भएको हो ।

मावन बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औं राष्ट्रिय दिवसका अवसरमा माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकमा लकडाउनको अवस्थामा पनि महिला हराउने क्रम नरोकिएको देखिएको छ । माईती नेपालको तथ्यांक अनुसार बाँकेबाट मात्र एक वर्षमा ५ सय ८५ जना नागरिक हराएका छन् भने हराएका मध्य २ सय ८० जना फेला परेका छन् ।

माईती नेपालका अनुसार चैत्र ११ गतेदेखि नेपालमा जारी लकडाउनमा पनि मानव बेचबिखनका दलाल सक्रिय रहेको पाईएको छ । लकडाउनका बिच खोजतलासका लागि परेको निवेदनहरुले मानव बेचखिनका दलालहरुको सक्रियता कायम रहेको देखाएको छ ।

लकडाउनका बेला हराएका १७ मध्य पाँच युवती फेला परेका माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए । पाँच मध्य दुई जनालाई काठमाडौंबाट उद्धार गरिएको उनले बताए । कोईरालाका अनुसार एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै उनीहरुलाई काठमाडौं पु¥याएकी थिइन् । अन्य तीन जनालाई भने बाँकेकै बिभिन्न स्थानबाट उद्धार गरिएको थियो ।

कोईरालाले लकडाउन र निषेधाज्ञाका कारण तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गराउन सम्भव नभएपछि माव बेचबिखनका दलालहरु आन्तरिक बेचबिखनमा सक्रिय भएको अनुमान गरे ।

नेपालगञ्ज नाकाबाट मात्र एक वर्षमा ५ सय ७७ जनालाई सम्झाई बुझाई घर फिर्ता पठाइएको माइती नेपालले जनाएको छ । फर्काइएका मध्य एकजना लकडाउनका बेला नाकाबाट फर्काइएको हो ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  १० : ४० बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा