२९ चैत्र २०८२, आइतबार | April 12, 2026

जम्मू-कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवल १४ का सुदिप न्यौपाने



बुटवल । भारतको जम्मू-कश्मीरमा मंगलबार भएको आतंकवादीको आक्रमणबाट मृत्यु हुने नेपाली युवा बुटवलका रहेकोे पुष्टि भएको छ ।

जम्मू-कश्मीरस्थित पहलगाममा पर्यटकको समूहमाथि मंगलबार आतंकवादीको आक्रमणमा परि बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का अन्दाजी २७ वर्षीय सुदिप न्यौपाने रहेको सोही वडाका वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए ।

वडा अध्यक्ष न्यौपाने र मृतक सुदिप नातामा काका भतिज हुन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरुको उक्त समुहले बाटोमा हिड्दै गरेका सुदिपलाई कुन धार्मिक समुहको हो भन्दै सोधेपछी एकाएक गोली हानेको थियो । आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदिपले धरानमा पब्लिक हेल्थ अध्ययन गर्दै आएका थिए ।

गत शनिबार आमा रिमा पाण्डे, दिदि सुश्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुम्न भन्दै कस्मिर गएका सुदिपमाथी आतंकवादीहरुले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

मृतक सुदिपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए । शवलाई कस्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौ जाँदै छु,’ वडा अध्यक्ष न्यौपानेले भने ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ५९ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय