२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : मुम्बईको लगातार चौथो जित, हैदरावादको खराब लय जारी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सन राइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । यो संगै लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गरेको हो ।

मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए ।

क्लासेनले ४४ बलमा ७१ रन जोडे भने मनोहरले धिमा गतिमा खेल्दै ३७ बलमा ४३ रन बनाए । यीबाहेक अनिकेत बर्मा १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने । दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए । मुम्बईको ९ खेलमा १० अङ्क छ ।

यसैगरी हैदरावाद ९ खेलमा ४ अङ्क सहित नवौँ स्थानमा छ। यो हारसँगै हैदरावादको प्ले-अफ सम्भावना कठिन बन्दै गएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : १४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३