२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : मुम्बईको लगातार चौथो जित, हैदरावादको खराब लय जारी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सन राइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । यो संगै लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गरेको हो ।

मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए ।

क्लासेनले ४४ बलमा ७१ रन जोडे भने मनोहरले धिमा गतिमा खेल्दै ३७ बलमा ४३ रन बनाए । यीबाहेक अनिकेत बर्मा १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने । दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए । मुम्बईको ९ खेलमा १० अङ्क छ ।

यसैगरी हैदरावाद ९ खेलमा ४ अङ्क सहित नवौँ स्थानमा छ। यो हारसँगै हैदरावादको प्ले-अफ सम्भावना कठिन बन्दै गएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : १४ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय