२२ माघ २०८२, बिहिबार | February 5, 2026

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय



काठमाडौं । अमेरिकाले अन्ततः एमसीसी परियोजना बन्द गर्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अतिविश्वासप्राप्त इलोन मस्कले नेतृत्व गरिरहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो ।

अब विभिन्न देशमा एमसीसी अन्तर्गत संचालित परियोजनाहरु बन्द हुनेछन् । एमसीसी बन्द हुँदा नेपालको विकास पूर्वाधारमा निकै ठूलो धक्का लाग्ने देखिएको छ । नेपालले एमसीए नेपालको नेतृत्वमा विद्युत प्रसारणलाईन निर्माण र सडक पूर्वाधार विकास गर्ने गरी योजना अघि बढाएको थियो । एमसीसीमा नेपाल सरकारले समेत २० अर्बभन्दा बढी खर्च गर्दैछ । तर अमेरिकाले ५० अर्बको सहायता रोक्कागरेपछि ती पूर्वाधार निर्माणको काम अघि बढाउन नेपाललाई नै दायित्व थपिने भएको छ ।

एमसीसीलाई तत्कालिन अमेरिकाी पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले विश्वमा आर्थिक वृद्धि र गरिबी घटाउन स्थापना गरेका थिए।

यसअघि राष्ट्रपति ट्रम्प निर्वाचित भएलगत्तै यूएसएड लगायतका सबै विकास सहायता संस्थाहरुलाई ९० दिनसम्म स्थगित गर्ने निर्णय गरेका थिए । यसमध्ये यूएसएड पहिल्यै बन्द भैसकेको छ ।

डजले एमसीसीमा कार्यरत कर्मचारीहरुलाई संस्था बन्द हुन लागेको जानकारी गराइसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ४५ बजे

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल