११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : राजस्थान माथि बंगलोरुको ११ रनको नाटकिय जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंगलोरुले राजस्थान रोयल्स माथि ११ रनको नाटकिय जित निकालेको छ । २०६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि अन्तिम दुई ओभरमा जितका लागि १८ रन आवश्यक थियो । साथै ५ विकेट साथमा थियो ।

१९ औँ ओभरमा जोस हजेलउडले १ रन दिएर ध्रुव जुरेल र जोफ्रा आर्चरको विकेट लिएपछि यस दयालले अन्तिम ओभरका बंगलोरुलाई जित दिलाए । अन्तिम ओभरका पनि दुई विकेट गुमाएको राजस्थान ९ विकेट गुमाउँदै १९४ रनमा सीमित भयो ।

शानदार सुरुवात गरेको राजस्थानका लागि प्रारम्भिक ब्याट्सम्यान यशस्वी जयसवालले १९ बलमा ४९ रन जोडे । जुरेलले ३४ बलमा ४७ रन जोडे । प्लेयर अफ द म्याच समेत घोषित हलेजउडले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । क्रुनाल पाण्डेले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

बंगलोरुले घरेलु भूमिमा टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो । बंगलोरुका लागि विराट कोहलीले ४२ बलमा ७० रन तथा देवीदत्त पाणीकलले २७ बलमा ५० रन जोडे । जितेस शर्माले १० बलको सामना गर्दै अविजित २० रन बनाए । राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए पनि चार ओभरमा ४५ रन खर्चिए । विजयी बंगलोर ९ खेलमा १२ अङ्कसहित तेस्रो स्थानमा उक्लेको छ । राजस्थान भने चार अङ्क सहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ७ : ५४ बजे

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २